निजगढ,निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनशन शनिवार तहैंं दिनमा पनि जारी रहेको छ । अनसनमा कैलाश कुमार तिमल्सिना, दानबहादुर भण्डारी, विजय गुरो, राजकुमार थापा, प्रेमप्रसाद बन्जारा, गणेशबहादुर लोप्चन र विजय गुरोकोसहित ७ जनाको टोली सहभागी छ । शनिवार साँझ ५ बजेबाट सुरु गरेका उनीहरुले आइतवार साझँ ५ बजेसम्म खाना नखाइ २४ घण्टासम्म अनसन बस्ने छन ।

यसैबीच नेकपा एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह, केन्द्रीय कमिटी सदस्य बलवीर चौधरी र जिल्ला समन्वय समितिकी उपप्रमुख चण्डिका उप्रेतीले अनसनस्थल शहिद चोकमा पुगेर आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here