मलको प्रयोग गर्ने समय जब आउछ तब आम कृषकहरु समस्यामा पर्ने गर्दछन् । धानको लागि चाहिने मल जब धानको समय सकिन्छ अनि आउँछ । गहुँको लागि आवश्यक पर्ने मल गहुँमा हाल्नु पर्ने समय सकिएपछि मात्रै आइपुग्छ । यसरी हेर्दा मलको अभाव नेपालका १२ महिना भएको जस्तो देखिन्छ ।

मलको अभाव टार्नका लागि सरकारी प्रयासहरु अहिलेसम्म असफल नै भएका छन् । हुन त तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा मल कारखाना खोल्ने योजना नबनाएको पनि होइन । तर राजतितिक प्रतिवद्धता र सरकारको अस्थिरताका कारण त्यो प्रयास पनि सफल हुन सकेन । वास्तवमा जबसम्म देशभित्रै रसायनिक मल उत्पादन गर्ने कारखाना खोल्न सकिदैन तबसम्म किसानले सदैब यस्तै समस्या बेहोर्नु पर्ने हुन्छ । जसका कारण किसानले कहिले पनि समयमा मल पाउन सक्दैनन । र मलमा नेपालमा नेपाल आत्मनिर्भर हुने कुरा पनि हुदैन । कम्पोष्ट मलमा समेत हाम्रो देश आत्मनिर्भर हुन सकेको छैन । कम्पोष्ट मलको प्रयोग वातावरणीय दृष्टिकोणले समेत उत्तम मानिन्छ । रसायनिक मलको प्रयोग बढेपछि माटोको अवस्था बिग्रिने मात्रै होइन किसानको उत्पादनसमेत हानिकारक हुने गर्छ । यसले वातावरण र जनस्वास्थ्यमा समेत नकरात्मक प्रभाव पार्ने गर्छ ।

त्यसैले अब समयमा मल उपलब्ध गराउनका लागि सरकारले बेलैमा नीति बनाउन आवश्यक छ । बेलैमा मलको जोहो भएको खण्डमा मात्रै पनि कृषकहरुले चाहिएको बेलामा पनि मल पाउने थिए अनि उत्पादन पनि बढ्ने थियो । त्यसैले अब चाही बेलैमा मलको जोहो होस् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here