अनिल तिवारी
सिमरा –  सिमरा डुमरावाना सडक खण्डमा भएको सडक दुर्घटनामा एकको मृत्यु र एक जना गम्भिर घाईते भएका छन् । आईतवार साझँ बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमराबाट डुमरवाना जाने क्रममा ना २६ प २२८२ नम्बरको स्कुटरले रोकि राखिएको ना ५ ख १५१ नम्बर ट्रकमा ठक्कर दिएको हो ।

 

 

औराहा चोक भन्दा पुर्व सेजको अगाडी भएको त्यस दुर्घटनामा परि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ कुशमाडीका १७ वर्षिय दिपक चौधरीको मृत्यु भएको छ भने कलैया ९ बस्ने मनहर्वाका २२ वर्षिय हरेन्द्र चौधरी गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।

 

 

 

दुर्घटना भएलगतै उपचारका लागि विरगंज पठाइएको दबैलाई अस्पतालले दिपकको मृत्यु भएको पुष्टि गरेको थियो । भने हरेन्द्रको विरगंज न्युरोमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here