वीरगन्ज,जी.पी कोईरनला फाउण्डेशन पर्साले नारायणी एफएमकी समाचार प्रमुख माधुरी महतो सहित २ जना पत्रकारलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्मोत्सवको अवसरमा फाउण्डेशनले नारायणी एफ.एम.की समाचार प्रमुख एंव बिबिसी संवाददता माधुरी महतो र ग्यालेक्सी टेलिभिजनका पर्सा संवाददाता ईरफान अलीलाई मंगलबार पुरस्कृत गरेको हो । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले दुवैजनालाई सम्मान पत्र, दोसल्ला र जनही नगद २५ हजार सहित सम्मानित गर्नुभएको हो ।

फाउण्डेसन पर्साका अध्यक्ष महम्मद शहाबुद्धिनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गीय गिरिजा प्रसाद कोइरालाले राष्ट्रका लागि गरेको योगदान र शान्ति प्रकृयामा खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । स्वर्गीय कोइराला आफुले हारेर भएपनि राष्ट्रको जितको लागि खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रदेश २ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, नेपाली काँग्रेस पर्साका उपसभापति दिनाप्रसाद गुप्ता, प्रकाश उपाध्याय, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटे मगर, काँग्रेस नेताहरु रामनारायण कुर्मी, विजय सर्राफ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत फाउण्डेशनका सदस्य दिलिपराज कार्की र संचाल संतोष सिंहले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here