कृष्ण मोहन साह

सेढवा,पर्साको ग्रामीण क्षेत्रमा रहेका खोलाहरुबाट प्रहरी र वन कर्मचारीको मिलोमतो अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको पाइएको छ ।

पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिङ्गगाही, पर्सागढीकै जमुनिया खोला तथा जिराभवानी गाउँपालिकाको सुगिभार र पटेर्वासुगौली गाउँपालिकाको गादी खोलाबाट अबैध रुपमा नदीजन्य प्रदार्थको उत्खनन तथा तस्करी हुने गरेको हो ।

स्थानीय तहले साउन १ गते देखि नै गिट्टी, बालुवा र ढुंगाको उत्खनन तथा निकासीमा रोक लगाएपछि अहिले तस्करहरुले प्रहरी र वन कर्मचारी कै मिलोमतोमा गिट्टी, बालुवाको तस्करी गरि स्थानीय स्तरमा निजी प्रयोगको लागि महङ्गो मूल्यमा बिक्री गर्ने गरेका छन ।

तस्करहरुले सिङ्गगाही खोला, गादी, जमुनिया र सुगिभार खोलाबाट वनका कर्मचारी र प्रहरीको मिलोमतोमा व्यापक रुपमा नदीजन्य पदार्थको तस्करी गर्ने हुन । उनीहरुले बिहान, बेलुका र रातीको समयमा गिट्टी, बालुवा र ढुंगाको तस्करी गर्ने गरेको स्थानीयले बताएका छन ।

तस्करहरुले प्रयोग गर्ने खोलाको नाकामा सब डिभिजन वन कार्यालय बडनिहार, रेन्ज पोष्ट छतवनटाडी, मनवा रेन्ज पोष्ट सेक्टर वन कार्यालय रंगपुर, सब डिभिजन वन कार्यालय बसन्तपुर तथा बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकी रङपुर प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी चौकी हरैया रहेको छ । तर वन कर्मचारी र प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको बताइएको छ ।

प्रहरी चौकी अगाडिको सडकबाट दैनिक दर्जनौ टेक्टरहरुको प्रयोग गरेर नदीजन्य पदार्थको तस्करी गर्दा पनि सुरक्षाकर्मी मुकदर्शक बनेकाले उनीहरुको पनि मितिमतोको आशंका गरिएको हो ।

अहिले पर्सागढी नगरपालिका जिराभवानी गाउँपालिका पटेर्वा सुगौली गाउँपालिका मा २५ सय पर्ने गिट्टी बालुवा ४ हजारमा र ५ हजार पर्ने ढुंगा ८ हजार रुपैयासम्ममा बिक्री हुने गरेको छ ।

जिराभवानी गाउँपालिकामा पर्ने भलुवाही खोला र पर्सागगढी नगरपालिकाको कर्जनिया खोला बाहेक अरु खोलाको ठेक्का नभएकोले स्थानीय तहको दैनिक लाखौं राजश्व गुमेको छ भने प्रहरी र वन कर्मचारीले कमाउने मौका पाएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here