अनिल तिवारी
सिमरा, ३० कार्तिक । प्रदेश नम्बर २ प्रदेश सभा सदस्य सुन्दर विकले चुरियामाई मन्दिरलाई पर्यटनसंग जोड्न सके मात्र सम्पुर्ण अम्लेखगंज बासिको विकास हुने बताउनुभएको छ । सोधर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १७ औँ वार्षिका साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका विकले विकासबाट बन्चित रहेको यस स्थानमा तिनै तहको निर्वाचन पश्चात विकासले गति लिएको बताउदै अब चुरियामाई मन्दिरमा रहेको नेपालकै पहिलो सुरुङ्गमार्गलाई ब्यापारीक पर्यटनसंग जोड्न आग्रह गर्नुभयो ।

 

उहाँले अम्लेखगंजमा पानीको समस्या प्रमुख रहेको बताउदै यस समस्यालाई समाधान गर्न राप्ती नदिलाई डाईभर्ट गर्नुपर्ने कुरामा जोडदिनुभयो । साथै उहाँले प्रदेश सरकारको तर्फबाट यहाँ पानीको ओभर ट्याङकी बनाउन सक्दो सहयोग गर्ने प्रतिबधता ब्यक्त गर्नुभएको थियो ।

 

यसैगरी कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ्गले विकासमा स्थानियको समान सहभागीता बिना नभएसम्म सम्भव नहुने बताउनुभयो । उहाँले जनप्रतिनिधीलाई योजना बनाउन र योजना कार्यन्वयन गर्न सहयोग गर्ने प्रमुख दायीत्व स्थानियको रहेको बताउनुभयो ।

 

आफु अम्लेखगंजको स्थानिय भएकोले सधै यस स्थानको विकासमा सहयोग पु¥याउने कुरामा जोडदिनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शोभा लामाले अम्लेखगंजको प्रमुख समस्याको रुपमा रहेको खानेपानीको सहज पहुचका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।

 

सोधर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भगवती ठकुरीको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का वडा सदस्य मनिकलाल थिङ्ग लगाएतको सहभागीता रहेको थियो ।

 

विकास साहको सहजीकरणमा सम्पन्न कार्यक्रममा सोधर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई जग्गादान गर्ने नारायण गौतमलाई खादा ओढाएर सम्मानित गरीएको थियो ।

Leave a Reply