नरेश गुप्ता
बरियारपुर,स्थानीय तहको निर्वाचनमा बारामा सोमबार नेकपा एकीकृत समाजवादी पार्टीबाट दलित महिलाले देवताल गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
बारा जिल्लाका १६ स्थानीय तहहरुमध्ये देवताल गाउँपालिकामा एकीकृत समाजवादी पार्टीको तर्फबाट दलित महिला सुनिता रामले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सर्वोच्च अदालतले स्थानीय तहको उम्मेदवारको लागि प्रमुख वा उपप्रमुख दुबैमा महिला वा पुरुष उम्मेदवारी दिनुपर्ने निर्णय गरेपनि बारामा कलैया उपमहानगरपालिकामा गठबन्धनबाट जसपा नेपालबाट प्रमोद गुप्ता लगायत अन्य स्थानीय तहहरुमा उपप्रमुखमा मनोनयन दर्ता गराएका छन । जिल्लामा दलित समुदायबाट गाउँपालिका उपाध्यक्ष जस्तो गरिमामय पदमा एकीकृत समाजवदी पार्टीले आफ्नो उम्मेदवार छनौट गरेको जिल्ला ससचिव धु्रव यादवले बताउनुभयो ।
देवताल गाउँपालिकामा एकीकृत समाजवादी पार्टीबाट अध्यक्षमा रामनिवास साह, वडा नम्बर २ को वडा अध्यक्षमा मेवालाल यादव, वडा नम्बर ३ मा राजबंसी महतो, वडा नम्बर ४ मा कौशल सिंह र वडा नम्बर ५ मा श्यामसुन्दर साहले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । देवताल गाउँपालिकामा लोसपा नेपालबाट अध्यक्ष पदको आंकाक्षी चन्दन सिंह लगायत नेपाली कांग्रेस, नेकपा एमाले, जसपा तथा स्वतन्त्र गरि ११ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन ।