कृष्णउदास खनाल
हेटौंडा, २०३३ साल पुस २७ गते हेटौंडा उपमहानगरपालिकाको नवलपुरमा जन्मिएकी मीनाकुमारी लामा सानैदेखि राजनीतिमा चासो राख्ने गर्थिन् । उनले २०४६ सालदेखि नै विद्यार्थी आन्दोलनमा सहभागिता जनाउदै आएकी थिइन् भने २०५२ सालमा एमाले निकटको विद्यार्थी संगठन अखिलको जिल्ला कोषाध्यक्ष हँुदै अखिल नेपाल महिला संघको जिल्ला सचिव सहित एमाले मकवानपुरको उपसचिवको समेत जिम्मेवारी सम्हालीसकेकी छन् ।
नेकपा समाजवादीको यात्रा
गएको वर्ष सर्वोच्च अदालतले नेकपाको हैसियत विघटन गरेर एमाले र माओवादी केन्द्रको हैसियतमा पुर्याएपछि एमाले विभाजन भइ नेकपा एकीकृत समाजवादी बनेपछि लामाले सो पार्टी रोजिन् । परिवर्तनको पक्षमा माधव नेपालले नेतृत्व गरेका कारण आफू सो पार्टीमा लागेको लामाले बताउदै आइरहेकी छिन् । हेटौंडा उपमहानगरपालिकाको उपमेयरको जिम्मेवारी सम्हालेकी उनी सहित नेता श्रीधर पोखरेलको नाउँ हेटौंडाको मेयरमा सिफारिस भएपनि अन्ततः मेयरको उम्मेदवार भने लामा बन्न सफल भइन् ।
उपमेयरमै सकस
२०७४ सालमा भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट नै हेटौंडा उपमहानगरपालिकाको उपमेयर बन्दा उनले संघर्ष गर्नुपरेको थियो । पार्टीभित्र नै अन्तर संघर्ष गरेर उपमेयरको टिकट पाएपछि उनी राम्रो मत ल्याएर उपमेयरमा बिजयी भएकी हुन् ।
उपमेयरपछि के गरिन् ?
लामा उपमेयरमा जितेपछि धेरैलाई लाग्छ सक्छ के गरिन् भनेर पहिला त संविधानमा नै उपमेयरका लागि निश्चित कार्यअधिकार मात्रै दिइएको छ । सीमित अधिकारका बावजुद उनले असीमित काम गरेको कुरा उनको कृयाकलापले नै स्पष्ट पर्छ ।
न्यायिक समितिको काम
उपमेयरले संविधान अनुसार नै न्यायिक समितिको काम गर्ने हो र उनी उपमेयर भएर न्यायिक समितिका लागि काम गर्न थालेपछि हेटौंडाको न्यायिक समिति मुलुककै अब्बल न्यायिक क्षेत्र बनेको कुरा बारम्बार सार्वजनिक भएको थियो । उनले न्याय निरुपाण इजलास स्थापना गरेर नै गर्ने गर्थिन् जुन नेपालका कमै स्थानीय तहले गरेका छन् ।
कोरोनाकालमा जनताको साथ
जब नेपालमा कोरोनाको कहर भित्रियो । लकडाउनमा मुलुक पर्यो । उपमेयर लामा दिनरात नभनी आफै असुरक्षित रही नगरवासीको सेवामा लागि रहिन् । उनले त्यत्तिबेला राहत वितरणदेखि कोरोना संक्रमितहरुको घरघरमा पुगेर आवश्यक सहयोग गरिन् ।
मास्क लिएर घुमघाम
कोरोना कहरमा लकडाउन थियो । सबैलाई हिँड्ने अधिकार थिएन त्यत्तिबेला र अहिले पनि मास्क अनिवार्य गरिएको थियो । सबै नगरवासीलाई मास्क सहज थिएन । त्यस्तो अवस्थामा पनि उपमेयर लामाले मास्क अभियानलाई तीब्रता दिएकी थिइन् ।
महिलाको साहारा
बिशेषगरी उत्पीडित तथा द्वन्द पीडित महिलाहरुको दुःखमा उपमेयर लामाले आफ्नो कार्यकालमा सहेको साथ दिएको देखिएको छ । कोरोना र लकडाउनकै समयमा यस्ता पीडितको घरमा पुगेर आवश्यक सहयोग गरेको स्वयम् पीडितहरुले नै बताएका छन् ।
आइसोलेशनमै भेट
कोरोनाको समयमा हेटौंडा उपमहानगरपालिकाले हेटौंडाकै कर्रामा रहेको श्रमिक माविलाई आइसोलेशन बनाएको थियो । कोरोना संक्रमित भएका ब्यक्तिहरुलाई राख्ने स्थानमा उमेयर लामा आफै पुगेर संक्रमितहरुको जानकारी लिने गर्थिन् । जनप्रतिनिधिको साथले संक्रमितहरुको मनोबल बढेको थियो । अहिले पनि ऊ बेला संक्रमित भएका नगरवासीहरुले उमेयर लामालाई संझिएको बताएका छन् । लामा उक्त आइसोलेशन सहित हेटौंडाका सबै वडामा संचालित क्वारेनटाइनहरुमा पुगेर स्थानीयहरुको अवस्था बारे जानकारी लिने गर्थिन् ।
महिलाको पीडामा मलम
हेटौंडामा नै आफ्नै घर परिवारबाट मारिएकी एक महिलाको समावमा उनले चर्को आवाज उठाएकी थिइन् । त्यत्तिबेला संघर्ष चलिरहदा उपमेयरले दोषीलाई छाड्न नहुने विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेकी थिइन् ।
मेयरमा भोट किन ?
एक त महिलामाथि अझै पनि अन्याय गर्ने नेपाली समाजमा मीना लामाको मेयरको उम्मेदवारी सबै महिलाका लागि गर्वको कुरा भएको महिला अधिकारकर्मीहरु बताउछन् । समाजवादीको कलम चुनाव चिन्हबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको गठबन्धनमा मेयरको उम्मेदवारी बनेकी लामालाई मत दिँदा खेर नजाने उनीसंग नजिक रहेका अन्य पार्टीका नगरवासीहरुले समेत बताएका छन् । मीना लामामा काम गर्ने क्षमता भएकाले पनि मेयरमा उनलाई भोट दिन आवश्यक रहेको काँग्रेस, माओवादी र एमाले निकटका नगरवासीहरुले नै बताएका छन् ।