निजगढ,निजगढ नगरपालिकामा नेकपा एमालेकी एकजना वडा महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

निजगढ वडा नम्बर ३ मा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार बुर्गान तामाङ निर्विरोध निर्वाचित हुनुभएको हो ।

कांग्रेस र माओवादी गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादीकी वडा सदस्यको उम्मेदवार देवकी गिरीको प्राविधिक कारणले उम्मेदवारी खारेज भएपछि एमालेकी तामाङ निर्विरोध हुनुभएको हो । गिरीले अर्काे उम्मेदवारको मनोनयन पत्रमा प्रस्तावक बनेर हस्ताक्षर गरेको भेटिएपछि उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा बारामा नेकपा एमालेले निजगढबाट खाता खोलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here