आर.के. चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा बाघको आक्रमणमा परी शनिवार एकजना व्यक्ति घाइते भएका छन् ।
बाघको आक्रमण वडा नम्बर १ रेन्ज औराहामा ४२ वर्षिय भिमबली महतो थारु घाइते भएका हुन् ।शनिवार दिउँसो करिब ४ बजेतिर आफ्नै घरको पूर्वतर्फ छठीघाट नजिकको मकै बारीमा बाख्रा चराउने क्रममा थारू बाघको आक्रमणमा परेका हुन् ।घाइते थारूलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको ईलाका प्रहरी कार्यलय एकटाङ्गाको प्रहरी नायब निरीक्षक कर्ण कार्कीले जानकारी दिनुभयो ।


















