सिमरा,बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको जिल्ला अस्पतालमा सुत्केरी गराएकी गएकी बाराकी एक महिलाको मृत्यु भएकोछ । पीडितका आफन्तहरुले चिकित्सकहरुको लापारवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिा वडा नम्बर २२ स्थायी घर भइ भएकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामायाँ मोक्तानको मृत्यु भएको हो । सुत्केरी गराउनका लागि उनलाई बैशाख ८ गते हेटौंडा अस्पतालमा लगिएको र ९ गते शल्यक्रिया गरी १० गते अति सघन कक्ष (आइसियू) मा राखिएकोमा उनको शनिबार १० गते मृत्यु भएको जानकारी आफूहरलाई चिकित्सकहरुले दिएको मृतककी बहिनी देबी लामाले बताउनुभयो । उहाँले सीताले जन्माएको शिशुको अवस्था सामान्य रहेपनि अब बच्चालाई कसरी हुर्काउने भन्ने समस्या रहेको पीडा सनाउनुभयो ।