निजगढ,दिपावलीको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ४ शिखरवस्तिमा संचालन भएको फुटबल प्रतियोगिताको उपाधिको आयोजक बागदेव हाइटले जितेको छ । सोमबार भएको खेलमा निजगढ नगरपालिका वडा नम्बर ५ को निजगढ सिटी क्लबलाई २÷१ गोल अन्तरले परिजित गर्दै आयोजक बागदेब हाइट विजयी बनेको हो ।
जितसंग आयोजक बागदेब हाइटले १५ हजार नगद र ट्रफी हात पारेको छ भने उपविजेता निजगढ सिटीले १० हजारमै चित्त बुझाएको छ । बागदेव हाइटको लागि अमन कार्की र सृजन गौतमले १÷१ गोल गरेका थिए । कार्कीले मध्यान्तरपछिको १० औं र गौतमले २२ औं मिनेटमा गोल गर्दै टिमलाई बिजयी बनाएका हुन ।
निजगढ सिटी क्लबले सुरुवाति अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु परेको हो । सिटी क्लवको लागि मध्यान्तरअघि गोल गर्दै आशालाल कुवरले अग्रता दिलाएका थिए । प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने र वडा नम्मबर ४ का वडा अध्यक्ष जयराम कुवरले ट्रफी, पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।