निजगढ,स्थानीय युवाहरुको संस्था युथ अफ निजगढले निजगढका एकजना क्यान्सरका बिरामीलाई आज आर्थिक सहयोग गरेको छ ।संस्थाले निजगढ नगरपालिका १० लालका क्सान्सर पीडित ३६ वर्षिय कृष्णप्रसाद लामिछानेको घरमै पुगेर उपचारको लागि ११ हजार १ सय रुपैया सहयोग गरेको हो ।घाँटीको क्यान्सरबाट पीडित लामिछानेको उपचारमा थप सहयोग पुु¥याउने उद्देश्यले परिवारलाई ११ हजार १ सय रुपैया सहयोग प्रदान गरेको युुथ अफ निजगढका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो । सोही वडाका वडा सदस्य कुुमार मोक्तानको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

क्यान्सर जस्तो जटिल रोगबाट पीडित लामिछानेको उपचारको लागि युथ अफ निजगढले गरेको आर्थिक सहयोग सानो भएपनि प्रशंसनीय र अनुकरणीय रहेको स्थानीय समाजसेवी युवा दिपिका साहले बताउनुभयो ।
त्यसैगरी विपतको बेला पाएको थोरै सहयोगले पनि धेरै राहत महसुुश भएको लामिछानेकी पत्नि लक्ष्मीले बताउनुभयो । आफ्नो भएभरका जायजेथा खर्चेर उपचार गर्दा पनि सम्भव नभएपछि अन्य संघसंस्था, देश विदेशमा रहेका व्यक्तिहरुबाट पनि सहयोगको अपेक्षा लिइएको उहाँले बताउनुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा युथ अफ निजगढका अध्यक्ष सन्तोष पौडेल, उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिव अशोक श्रेष्ठ, कोषाध्यक्ष जगतबहादुुर न्यौपाने, कार्यसमिति सदस्यहरु श्रीराम पौडेल, अनिश पोखरेल, विपाशा बजगाई, सृजना घिमिरे, सोमबहादुुर कार्की, पूर्व अध्यक्षहरु कमल पराजुुली, वरिष्ठ सल्लाहकार जीतलाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।विगत एक दशकदेखि समाज सेवाको क्षेत्रमा सक्रिय युथ अफ निजगढले दीर्घ रोगी, प्राकृतिक प्रकोप पीडित गरिव, विपन्न र असाहय स्थानीयलाई आर्थिक सहयोग गर्दैआएको छ ।

















