दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका– ३ स्थित श्री रामकबिर आधारभूत विद्यालयको प्राङ्गणमा आज जनचेतना सामुदायिक सिकाइ केन्द्र, खोपवा (बारा) को छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको प्रमुख आतिथ्यता तथा जनचेतना सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष बिन्देश्वरप्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष जयसवालले रिबन काटेर र ब्यानर वाचन गरी वार्षिक साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य संगीताकुमारी चौधरी, श्री ज्ञानगंगा सामुदायिक सिकाइ केन्द्र गडहल (बारा) का अध्यक्ष प्रमेन्द्रकुमार फौजदार, बारागढी सामुदायिक सिकाइ केन्द्र चेरवन्त पथराका अध्यक्ष मुरारीप्रसाद चौधरी, पी.पी.सी. नेपालका शिक्षा अधिकृत आमोद राउत तथा पूर्व वडा अध्यक्ष छठु राउत अहिरलगायत वक्ताहरूले आफ्नो मन्तव्य राखेका थिए ।
साधारण सभामा सिकाइ केन्द्रका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन परिचालक कविता चौधरीले गर्नुभएको थियो ।



















