सिमरा,बाराको सिमरामा साहित्य समाज सिमराकोे पाँचौ साधारण सभा आइतवार सम्पन्न भएको छ । सभाको बन्द सत्रले रामप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्ष गिता शर्मा, सचिवमा नारायणदत्त पौडेल, कोषाध्यक्षमा सीता अधिकारी लगायत सर्वसम्मत चयन हुनुभएको हो ।समाजका उपाध्यक्ष तथा जीतपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जीतपुरसिमरास्थित सिमरा कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न श्रृष्ठाहरुले आफ्ना रचना वाचन समेत गरेका थिए । सिमराका करिब ३ दर्जन श्रृष्ठाहरुले कार्यक्रममा रचना वाचन गरेका हुन् ।कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख अधिकारीसहित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, लोटस ऐकेडेमीका संचालक रामप्रसाद अधिकारी, सिमरा कलेजका कलेज प्रमुख शालिकराम अधिकारी लगायत विभिन्न साहित्य अनुरागीहरु र बालबालकिाहरुले समेत रचना वाचन गरेका थिए

Leave a Reply