स्वास्थ्य भनेको मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । हरेक मानिस स्वस्थ्य रहन पनि चाहन्छ तर विविध कारणले मानिस बिरामी पर्छ र अस्पताल जान पर्ने बाध्यता आउछ । सकेसम्म कसैलाई अस्पताल धाउन नपरेहुन्थ्यो जस्तो लाग्छ तर रोग लागेपछि त जान पर्छ नै ।अस्पताल भनेको निकै संवेदनशील कुरा पनि हो । बिरामी भएपछि उपचारमा जानुअनि उपचारको निदान हुँदा स्वास्थ्यकर्मी र चिकित्सकलाई एकजना बिरामीले भगवानकै रुप देख्ने गर्दछन् । भगवानको स्वरुपमा जीवन बचाइ दिने भएकाले पनि स्वास्थ्यकर्मीहरुलाई लिइएको हो ।

तर, यिनै भगवानको स्वरुप भएकाहरुबाट नै लापारबाही भयो भने चैं त्योभन्दा मानवीय हिसावले पीडा अरु के नै होला ? सरकार वा विभागले गर्ने कारबाही त फरक कुरा होला तर एकजना बिरामी डाक्टर नभेटेर दिनदिनै अस्पताल धाउन पर्ने अवस्था आयो भने त्योभन्दा पीडा के होला ? यस्तो विषयमा स्वास्थ्यकर्मी र डाक्टर गम्भीर बन्न आवश्यक छ तर बाराको कलैया अस्पतालमा भने उल्टै एकैदिन १९ जना स्वास्थ्यकर्मी र चिकित्सक कार्यालयमा नभएको पाइएको छ ।अब कल्पना गरौं, त्यहाँ बिरामीहरुले कति सास्ती झेल्न परेको होला । स्थानीय सरकार र प्रशासनले गरेको अनुगमनका क्रममा यस्तो भेटियो । अनुगमन गर्दा यस्तो भेटियो भनेपछि त कलैया अस्पतालमा त कहिल्यै पनि स्वास्थ्यकर्मी नियमित बस्दैनन् भन्ने कुराको उदाहरण पनि हो यो । स्थानीय निकायहरुले पनि अनुगमनलाई भने अलि बढी समय दिन पर्नेसमेत देखिएको छ ।

Leave a Reply