suman karki
३ पटक सरुवा हुदा पनि निजगढ नपा छोडन नमान्ने अधिकृत कार्की

कलैया, ५ चैत्र । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले नगरपालिकामा ब्यापक भष्ट्रचार गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । अधिकृत कार्की बिरुद्ध प्रमाण सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले छानबिन सुरु गरेको हो । प्रमुख प्रशासकीय अधिकृत कार्कीको नातागोताले सेटिङ्गको भरमा निजगढ नगरपालिकाको विभिन्न काम गर्दै आएको उजुरीमा उल्लेख गरिएको छ ।

नगरपालिकाले राष्ट्रिय स्तरको सुचना प्रकाशन गराउदा प्रमुख प्रशासकीय अधिकृत कार्कीले आफनो नातेदारको ऐजेन्सीमार्फत सुचना प्रकाशन गराउने गरेको रहस्य बाहिरीएको छ । नातेदार मार्फत सुचना प्रकाशित गराउने र सुचनामा आउने ४० प्रतिशत कमीसन आफै खाने गरेको आरोप प्रमाण सहितअख्तियार उजुरी परेको हो  ।

त्यसैगरी स्थानीय स्तरको सुचना प्रकाशन गराउनु पर्दा बाराबाट प्रकाशित हुने पत्रिकामा नछपाई रौतहटलगायत अन्य जिल्लाको पत्रिकामा सुचना प्रकाशित गराई भष्ट्रचारलाई बढाबा दिने काम भइको छ । १० पिस मात्र सुचना छाप्ने र ठेकेदारसग मिलेर कमीसनको भरमा आफनो निकट मान्छेलाई टेण्डर दिने गरेको आरोप उजुरीमा छ । मिति २०७८ साल माघ २१ गते अख्तियारमा परेको उजुरीमा निजगढका जनताले नामै नसुनेको र नगरपालिका क्षेत्रमा आउदै नआउने पत्रिकामा टेण्डरको सुचना गरेको भनि उजुरीमा उल्लेख गरिएको छ ।

यस सम्बन्धमा अख्तियारले हाल नगरपालिकामा छानबिन कार्य शुरु गरिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले जनाएको छ ।

नेपाल पत्रकार महासघं बारा शाखाका काहबाहक अध्यक्ष रामबाबु मेहत्तले नगरपालिकामा कुन विज्ञापन एजेन्सिलाई कति रकम दिएको छ सो एजेन्सिको नाम, संचालकको नाम संचारकर्मीहरुलाई उपलब्ध गराउन माग गर्दा नगरपालिकाले दिन नचाहनुले थप प्रश्न उठेको बताउनुहुन्छ ।

यसै सन्दर्भमा जिल्ला अदालत पर्साका कानुन ब्यवसायी मुमताज अहमद भन्छन निजामती कार्मचारीले आफु कार्यरत कार्यलयबाट आफना नातेदार वा परिवारका अन्य सदस्यलाई संलग्न गराउन चाहान्छ भने भष्ट्रचार निवारण ऐन २०६३ अनुसार त्यस कार्य भष्ट्रचारजन्य कसुर मानिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत कार्कीले कमिशनको चक्करमा अधिकांश सुचनाहरु गोप्यरुपमा प्रकाशित गराई ठेकेदारसँग मिलोमतोमा कामकाज गर्दै आएकोले बाराका संचारकर्मीहरुले लिखित रुपमा अख्तियार दुरुपयोग कार्यालयमा समेत उजुरी दिएका थिए ।

अधिकृत कार्कीमाथी अख्तियारले छानबिन सुरु गरेकोले हालसालै मात्र कुरा ढाकछोप गर्नको लागि एउटा सुचना बाराबाट प्रकाशित हुने कलैयाको एक पत्रिकामा प्रकाशित गराईएको जानकारी प्राप्त भएको छ ।

नाम नछाप्ने शर्तमा निजगढ नगरपालिकाको एक कर्मचारी भन्छन भष्ट्रचार गर्ने कार्यकारी अधिकृतलाई नगर प्रमुख सुरेश खनालको संरक्षण रहेको छ । नत्र नपामा सिमित कर्मचारीबाहेक सबै कर्मचारी र नगरपालिकाका अधिकाश जनप्रतिनिधिहरु बिरोधमा रहदा रहदै पनि किन नगर प्रमुख खनालले बारम्बार अधिकृत कार्कीको सरुवा रोक्ने कार्य गरेका हुन त ?

अर्को तर्फ यतिधेरै बेइज्जत भइससक्दा पनि कार्यकारी अधिकृत किन निजगढ नगरपालिकाबाट सरुवा भएर अन्यत्र जान चाहदैनन भन्ने प्रश्न पनि उठेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here