कलैया,बाराको बरियापुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा शुरु गरिएको छ ।महागढीमाई नगरपालिका र गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ओम विनायक ट्राभल्स प्रालिले बिहीवारबाट दर्शनार्थीहरुको लागि निःशुल्क बस सेवा शुरु गरेको हो ।
ओम विनायकका अध्यक्ष अच्युत पौडेलले मेला व्यवस्थापन समितिको समन्वयमा मेला अवधिभरको लागि कलैयाबाट मन्दिर जाने र फर्किने श्रद्धालुहरुको लागि आफ्नो कम्पनीले बसले घटस्थापनादेखि नवमीका दिनसम्म निःशुल्क सेवा शुरु गरेको बताउनुभयो । उहाँले कलैयाबाट बिहान दर्शनार्थीहरुलाई बोकेर जाने बसले दिउसो पनि फर्किने क्रममा पनि यात्रुहरुलाई लिएर कलैयासम्मै ल्याउने जानकारी दिनुभयो ।कलैयाको भरत चोकबाट बिहान ६ः३० बजे दर्शनार्थीहरुलाई लिएर बस गढीमाई मन्दिरसम्म जाने र बिहान ८ः३० बजे पुनः सोही बसबाट कलैया फर्किने व्यवस्था मिलाइएको ओम विनायक ट्राभल्सका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।


















