नरेश गुप्ता

बरियारपुर,बारा जिल्लाका विभिन्न स्थानमा आइतवार आगलागी भएका छन ।

बढ्दो हावाहुरी र सुख्खा मौसम सुरु भएसंग जिल्लामा आगलागीका घटना बढ्दै गएको हो ।

कलैया उपमहानगरपालिका ११ सितलपुरस्थित एउटा कुखुरा फर्ममा आइतवार आगलागी भएपछि आगो निभाउन पुगेको कलैया उपमहानगरपालिकाको ना १ क ५०९५ नम्बरको बारुण यन्त्रमा स्थानीयले तोडफोड गरेका छन । आगलागी भएको स्थानमा समयमै नपुगेको भन्दै आक्रोशित स्थानीयले बारुण यन्त्रमा तोडफोड गरेका थिए । तोडफोडबाट दमकलको शिसा फुटेको छ ।

त्यसैगरी जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ३ गालोपट्टी बजनी बस्ने वर्ष ६० को रामजी साह तेलीको खेतमा गँहु काटिएको खुट्टीमा आगो लगाउँदा नजिकै रहेको सपेताको रुख डढेको प्रहरीले जनाएको छ । तेलीको १५ कठ्ठा बराबर खेतमा लगाइएको सपेता डढेर नष्ट भएको छ ।

त्यसैगरी सोही ठाउँ .बस्ने सोनेलाल केशरीको ५ कठ्ठा, शम्भु केशरीको ५ कठ्ठा, राजहरण साह तेलीको ५ कठ्ठामा लगाइएको सपेता आंसिक रुपमा जलेर क्षेति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । त्यस्तै जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरीस्थित गाउँमा जीतबहादुर स्याङ्गबो र अनिता घलानको गोठ जलेर नष्ट भएको छ । जंगलको डढेलो सल्केर भएको आगलागीबाट स्याँङ्बोको जस्ताले छाएको काठको गोठ र गोठमा रहेको पराल समेत जलेर नष्ट हुदा ५० हजार र सोही घलानको काठले बनेको खरको छानो भएको गोठ जली नष्ट हुदा ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here