निजगढ,उन्नत लोकतन्त्र पार्टीले निजगढ नगरपालिकाको मेयर पदमा गीता मैनालीलाई उम्मेदवार बनाएको छ ।

पार्टीले आइतवार निजगढमा विशेष कार्यक्रमको आयोजना गरी मैनालीलाई मेयर पदमा उम्मेदवार बनाएको जानकारी दिएको हो ।

निजगढ नगरपालिका वडा नम्बर ९ निवासी पत्रकारिता पृष्टभूमिकी मैनालीलाई निजगढ नगरपालिकाको मेयरको उम्मेदवार बनाएको पार्टीका अध्यक्ष स्वागत नेपालले बताउनुभयो । कार्यक्रममा राजनीतिमा आध्यात्मको महत्वबारे प्रकास पार्दै चर्चित अभिनेता निखिल उप्रतीले पनि मैनालीको पक्षमा मत माग्नुभएको थियो । मैनाली राजनीति र आध्यत्म दुबै क्षेत्रमा ज्ञान भएको उम्मेदवार भएको भन्दै निर्वाचनमा विजयी तुल्याउन आग्रह गर्नुभएको हो । सोही कार्यक्रममा पार्टीले तयार पारेको ‘तमसुक पत्र’ समेत वितरण गरिएको थियो । पत्रमा निर्वाचनमा पार्टीले मतदातालाई प्रभावित पार्न रकम खर्च नगर्नेदेखि लिएर निर्वाचनमा विजयी भएको खण्डमा नगरपालिकामा गरिएका सबै राजनीतिक नियुक्ति बदर गरिनेसम्मका विषयहरु समावेश गरिएको छ । किसानले उत्पाद गरेको फसल पालिकामार्फत बास्तविक मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइने र वन्यजन्तुले क्षति पुर्याएको बालीको किसानलाई क्षतिपूर्ति दिइनेसमेत उल्लेख छ ।

कार्यक्रममा पार्टी अध्यक्ष नेपाल, निजगढ नगरपालिकाबाट मेयर पदको उम्मेदवार मैनाली, पार्टीको संघठन विभाग प्रमुख सन्तोष अधिकारीलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here