निजगढ,नेकपा एमालेको पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले देशको विकास, समृद्धि र बाह्य हस्तक्षेप नियन्त्रणका लागि आगामी निर्वाचनमा एमालेले जित्नुपर्र्ने धारणा व्यक्त गर्नुभएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ मा बिहीवार नेकपा एमालेले आयोजना गरेको वडा भेलामा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो । भेलाका प्रमुख अतिथि नेता पौडेलले सत्ता गठबन्धनले देश विकासको लागि कुनै काम गर्न नसक्ने बताउदै उहाँले देश र जनताको हितको लागि एमालेले नै जित्नुपर्ने बताउनुभयो । उहाँले एमालेले बिगतमा पनि सरकारमा पुग्दा राम्रो काम गरेको र अब फेरि पहिलेको भन्दा थप राम्रो गर्ने भन्दै आगामी निर्वाचनमा एमालेका उम्मेदवाहरुलाई जिताउन लागि पर्न कार्यकर्ताहरुसंग आग्रह गर्नुभयो । ‘सबै कुरा बिर्सिएर बिगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामलाई मात्रै सम्झेर भोट माग्नुस, नेता पौडेलले भन्नुभयो, जनता एमालेलाई भोट हाल्न आतुर छन ।’

कार्यक्रममा सम्बोधन गर्नुहुँदै एमालेको तर्फबाट संघीय सांसदमा समानुपातिक तर्फकी उम्मेदवार अन्जु नेपाली एमाले मधेस प्रदेश कमिटी सदस्य सुदर्शनप्रसाद कोइराला, अम्बिका चौलागाई, दुर्गा कोइराला, बारा जिल्ला कमिटी सदस्य लिलादेबी लामिछाने खनाल, जिल्ला कमिटी सदस्य दिलबहादुर लामा, रामकृष्ण घिमिरे, मिरा पोखरेल, निजगढ नगर कमिटी अध्यक्ष सुरथ पुरी, उपाध्यक्ष भोलाप्रसाद गौतम, मुकुन्दराज लामिछानेलगायत नेता कार्यकर्ताहरुले एमालेलाई जिताउन लागि पर्नुपर्ने बताउनुभएको थियो । उनीहरुले गठबन्धन सरकारबाट देशले निकाश नपाउने बताउदै अगामी चुनावमा एमालेलाई बहुमतका साथ बिजयी गराउन आग्रह गरेका थिए ।

नेकपा एमाले वडा नम्बर ८ वटा कमिटीकी अध्यक्ष हरिमाया पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन पदमप्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।

Leave a Reply