बिदुर खडका

डुमरवाना,अनुशासन राष्ट्रको मुल जग हो भन्ने नाराका साथ नेपाली सेनाले तराईका विद्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय एकताको भावना जगाउदै स्वयम सेवक तालिम दिन सुरु गरेको छ ।

नेपाली सेनाले बाराको सिमरास्थित लोटस एकेडेमीका १८ जना विद्यार्थीहरुलाई एक कार्यक्रमबीच तालिमको सुरुवात गरेको हो । बारा जिल्लाका ५ वटा संस्थागत तथा सामुदायिक विद्यालयका १८ जना विद्यार्थीहरुलाई पहिलो चरणमा ३५ दिने तालिम प्रदान गरिने बाराको ब्रम्हपुरी ब्यारेक कलैयाका सेनानी राजिव ढुङ्गानाले जानकारी दिनु भएको छ ।

दोस्रो चरणमा बाराका थप विद्यार्थीहरुलाई समेत स्वयम सेवक तालिम दिइने सेनानी ढुङ्गानाको भनाइ छ ।

तालिममा सहभागी बनेर फौजी कमब्याट पोसाकमा सजिएका विद्यार्थीहरु झट्ट हेर्दा बाल सेना जस्ता देखिने गरेको विद्यालयका शिक्षकहरुले बताएका छन । विद्यार्थीहरुले उत्साहका साथ तालिम सहभागिता जनाएको पनि बताइएको छ ।

विद्यालय प्रशासनले विद्यार्थीको अध्ययनमा बाधा नपर्ने गरी उपलब्ध गराएको समयमा तालिम संचालन गरिएको पनि सेनानी ढुङ्गानाको भनाइ छ ।

सिमराको लोटस एकेडेमीमा सुरु भएको तालिम कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरी, लोटस एकेडेमीका प्रधानाध्यापक रामप्रसाद अधिकारी, एनसिसी तालिम कार्यक्रम संयोजक सुवास अधिकारीलगायत नेपाली सेनाका जवान तथा संञ्चारकर्मीहरुको समेत उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here