वीरगञ्ज, ११ भदौ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सडक सञ्जलाले बिकासको ढोका खोल्ने बताएका छन् ।
सडकको बिकास भएपछि अरु कुराको स्वत विकास हुने मन्त्री यादवको दावी छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जमा सडकको शिलान्यास गर्दै मन्त्री यादवले सडक बिकासको पहिलो आधार भएको बताए । उनले भने, सडकको निर्माण भएपछि अरु कुराको विकास आफै हुन्छ । त्यसैले सडक नै बिकासको पहिलो ढोका हो ।
वीरगञ्ज हरपतगञ्जको ड्राइपोर्ट सडकखण्डदेखि मनियारी, इटीयाही, भवानीपुर नहर रोड भएर जगरनाथपुर गण्डक नहर सडक खण्डदेखि राजमार्गसम्मको कालेपत्रे सडक र नाला निर्माणको मन्त्री यादवले शिलान्यास गरेका हुन् ।

लामो समयसम्मको पछिको प्रतिक्षापश्चात सो क्षेत्रका जनता सडकसञ्जालसँग जोडिने भएकोमा मन्त्री यादवले खुशी व्यक्त गरे । सडक निर्माण भएपश्चात सो क्षेत्रका किसानहरुको उत्पादनले सहज रुपमा बजार पाउने बिश्वास पनि मन्त्री यादवले व्यक्त गरेका छन् ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगतको सडक डिभिजन कार्यालय हेटौडाले सडकको निर्माण गर्न लागेको हो । करिब साढे ६ किलोमीटर लम्बाईको कालोपत्रे सडक पुष मशान्त २०८१ भित्र सम्पन्न गर्ने गरी २० करोड ५७ लाख २१ हजारमा हिम सगरमाथा जेभी वीरगञ्जले सकारेको मन्त्री यादवका उप स्वकिय सचिव निखिल वर्णवालले जानकारी दिए ।

सडक शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रदेश सभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply