अहिले मुलुकमा तीन तहका सरकारहरु रहेका छन् । स्थानीय,प्रदेश र संघीय सरकार रहेका छन् । तिनै तहका सरकारले गर्ने काम,कर्तब्य र अधिकारका बिषयमा संबिधान पनि स्पष्ट कुरा उल्लेख गरिएको छ । संबिधान नै स्पष्ट भएपनि अझै स्थानीय तह,प्रदेश र संघीय सरकारको बिषयमा अनावश्यक तनाब बढी उत्पन्न भएको देखिन्छ। प्रदेशको अधिकार हनन्का लागि संघीय सरकार लागेको आरोप समेत खेप्न परिरहेको छ ।

 

 

 

 

 

 

 

 

 

प्रदेश सरकारको अधिकार हनन्का लागि संघीय सरकार लागिपरेको आरोप पटक पटक झेल्न परेको छ । प्रदेशका मन्त्रीहरुले समेत आफूहरुको अधिकार हनन्का लागि संघीय सरकार लागि परेको बताएका छन् । प्रदेश सरकारहरुको पटक पटकका गुनासा संघीय सरकारले ब्यवस्था गरिदिँदा कतै संघीयता नै असफल पो हुने होकि भन्ने पनि आशंका उत्पन्न हुन्छ ।

 

 

 

 

 

 

 

त्यसैले संघीयतालाई बलियो बनाउनका लागि नै भएपनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्छ । नेपाल भर्खर संघीयतामा गएको मुलुक भएकाले तत्काल सबै अधिकार स्थानीत तह र प्रदेश तहले पाउने संभावना त छैन तैपनि अधिकार माग्नु पनि पर्दछ । कानुनमा स्पष्ट ब्यवस्था भएपनि यसको कार्यान्वयनमा समस्या देखिएकै हो । बिस्तारै प्रदेश र स्थानीय सरकारहरु अधिकार सम्मन्न हुने आश गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here