पुष्पराज खतिवडा
बारा,प्रहरीले बाराको कोल्हबी नगरपालिका सोनाभारबाट १ सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीमान÷श्रीमती रहेका छन ।कोल्हबी नगरपालिका वडा नम्बर ५ सोनाभारस्थित दिनदयाल चौधरीको घरबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । गाँजासंगै प्रहरीले दिनदयालकी पत्नी ५२ वर्षीय मनमती चौधरी र सोनाभार टोलका ५० वर्षीय रमोद चौधरीलाई नियन्त्रणमा लिएको छ ।
गाँजा लुकाएर राखेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक किसन बस्नेतको नेतृत्वमा पुगेको प्रहरी टोलीले दिनदयालको घरमा खानतलासी गर्दा सो गाँजा फेला परेको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार दिनदयालको घरमा लुकाएर राखेको अवस्थामा २१ वटा पोकामा गाँजा बरामद भएको हो ।पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

















