सिमरा,नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको अध्यक्षमा भोलाप्रसाद अधिकारी चयन हुनु भएको छ । एमालेको प्रथम नगर अधिवेशनबाट गठित अध्यक्ष मण्डलले आइतवार अधिकारीको अध्यक्षतामा ५ सदस्यीय पदाधिकारीसहित ८५ सदस्यीय नगर कमिटी घोषणा गरेको हो ।

अध्यक्ष मण्डलले नगर कमिटीको अध्यक्षको जिम्मेवारी अधिकारीलाई दिएको छ । नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य समेत रहनुभएका अधिकारीले यसअघि नगर संयोजकको भूमिकामा रहेर पार्टीको काम गर्दै आउनुभएको थियो ।

अध्यक्ष मण्डलले उपमहानगर कमिटीको उपाध्यक्षमा वीरेन्द्र गिरी, सचिवमा रत्नप्रसाद उप्रेती, उपसचिवमा त्रिलोक विक्रम शाह र झपेन्द्र बराललाई चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here