नवीन चौधरी

पर्सा जिल्लाको वीरगन्जस्थित थारु छात्राबासमा रहेको रिसर्च कोट्याड नामक संस्थाले ‘अ टल्क अन रिडिफाइनिङ्ग दि रोल अफ टिचर इन दि पोस्ट कोभिड– इरा’ शीर्षकमा एक अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । शिक्षासंग सम्बन्धित रहेको सो संस्थाले पर्सा, बारा र रौतहटका शिक्षकहरुलाई आमन्त्रित गरी अन्तरक्रिया कार्यक्रम गरेको हो ।

रिसर्च कोट्याडका कार्यकारी निर्देशक प्रेमशंकरप्रसाद मुखियाको अध्यक्षतामा भएको सो कार्यक्रममा अनुसन्धान अधिकृत निरज चौधरी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

शिक्षा क्षेत्रमा कोभिड–१९ बाट परेका असरहरु, जनशक्तिको नोक्सानी, आर्थिक संकट, मनोवैज्ञानिक समस्या, मानसिक तनाव, बेरोजगारी समस्या लगायतका बिषयमा छलफल गरिएको थियो । शिक्षकहरुले भोगेका समस्यामध्ये जीविकोपार्जन गर्ने समस्या, जागिरबाट पलायन हुनु पर्ने, पेसा परिवर्तनको बाध्यतालगायत निजी विद्यालयका संचालकहरुले शिक्षकहरुको मासिक तलब दिन नसक्ने र अभिभावकबाट शुल्क पनि लिन नसकेको जस्ता समस्याहरु बेहोर्नु परेको वीरगन्ंज महानगरपालिका वडा नम्बर १५ स्थिति सफल एकेडेमीका प्रधानाध्यापक प्रविण चौधरीले मन्तव्यको क्रममा बताउनुभएको थियो ।

बारा जिल्लाको कोल्हबी नगरपालिकालगायतका क्षेत्रमा स्थानान्तरण प्रमाण पत्र बिना नै सामुदायिक विद्यालयले कक्षा ५ भन्दा माथिल्लो तहमा भर्ना लिएपछि निजी विद्यालयहरुले अभिभावकसंगको बाँकी शुल्क उठाउन नसकिएको अनुमति बिना नै निजी विद्यालयहरु सन्चालन हुन थालेपछि मर्कामा परेको गुनासो युनिसन ईङ्गलिश बोर्डिङ्ग स्कुल अधनवा बाराका सन्चालक ओमप्रकाश चौधरीले गुर्नभएको थियो ।

अनलाइनको माध्यमबाट अन्तर्रास्ट्रिय स्तरको शिक्षा दिन सकिने तर नेपालका धेरै जिल्लाहरूका विद्यार्थीहरुसंग मोबाइल, ल्यापटप, कम्युटर तथा ईन्टरनेटको सुबिधा नभएको कारण अनलाइन शिक्षा दिन असफल रहेको र कोभिडको तेस्रो महामारी आएको खण्डमा अहिलेदेखि नै समस्याको समाधान गर्ने उपाय तथा योजनाहरु बनाउने बारेमा रौतहटको देवाही गोनाही गाउँपालिकामा कार्यरत शिक्षक रामपुकार राउतले बताउनुभयो ।

उक्त कार्यक्रमका शिक्षिका संगिता चौधरी, बारागढी गाउँपालिका शिक्षा शाखाकी अधिकृत जलमती चौधरी र मिनाक्षी चौधरीले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ब्रजकिशोर राउत, सन्तोष सहनी, रबिन्द्र चौधरी, जयमाला चौधरी, हरी बन्ठालगायतका शिक्षक उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रिसर्च कोट्याडका संयोजक दिनेश चौधरीले गर्नुभएको थियो ।

Leave a Reply