नरेश गुप्ता

बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले बारा जिल्लाका अगुवा कार्यकर्तालाई सहभागी गराएर सोमवार पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ । कलैया उपमहानगरपालिकास्थित करणराज पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा माओवादी नेता एंव पूर्व अर्थमन्त्री वर्षमान पुनले नेकपा एमालेलेले देशलाई बन्धक बनाएको भन्दै दुई÷दुईपल्ट संसद विघटन गरेर नैतिकता गुमाएको र अहिले सदनलाई बन्धक बनाउने एमाले अध्यक्ष केपी ओलीले खोक्रो राष्ट्रवादको नारा लगाएर जनतालाई भ्रममा पारेको बताउनुभयो ।

‘नागरिकता विधेक पारित गर्न नदिन एमाले नै हो, एमसिसी पारित गर्न खोज्ने पनि एमाले नै हो, उहाँले भन्नुभयो, तर अहिले जो चोर उस्कै ठुलो स्वर भने झै भएको छ ।’

नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल) को अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य शिवचन्द्र कुश्वाहाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथिमा केन्द्रीय सदस्य गोपाल ठाकुर, प्रदेश कमिटी सदस्य गिता कडेल र प्रभु यादवले बोल्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार समितिका सदस्य गौरीशंकर गोढ, प्रदेस कमिटी सदस्य देबेन्द्र पराजुली, तपेश्वर चौधरी, हरिप्रसाद चौलागाईं, राजन पौडेल, सोनालाल साह, रबि दंगाल, युराज लामा, मुकेश साह लगायतका अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here