स्थानीय तहको चुनाव सम्पन्न भएको पाँच वर्षपछि फेरि चुनाव हुदैछ । करिब करिब एक महिनापछि अब स्थानीय तहको चुनाव हुदैछ । स्थानीय तहको चुनावबाट फेरि कति स्थानमा उनै पुराना जनप्रतिनिधिहरु दोहोरिनेछन् भने केहीमा नयाँ आउने छन् । यद्यपि नयाँले भने नयाँ अनुभव पाँच वर्षको अवधिमा पक्कै गर्नेछन् ।

त्यसो त कर्मचारीको हातबाट जनप्रतिनिधिको हातमा सत्ता गएपछि स्थानीय तहमा बेथिति बढेको छ । स्थानीय तहको बेथिति अन्त्यका लागि जति प्रयास भएपनि झनै कम जस्तो देखिएको छ । स्थानीय तहको बेथिति अन्त्यका लागि भएका प्रयासहरु पनि निरर्थक भएको जस्तो देखिन्छ । पर्साको जगरनाथपुर गाउँपालिकामा मंगलबार अख्तियारको टोलीले छापामारी गरेको छ । कोरोना महामारीमा प्रभावित सर्वसाधारणको राहतको लागि संघीय सरकारबाट प्राप्त रकम हिनामिना भएको आरोपमा अख्तियारले कारबाही अघि बढाएको हो । कोरोना महामारी जस्तो शंवेदनशील विषयमा भएको भनिएको अनियमितताले केही नराम्रो सन्देश गएको छ ।

गाउँपालिका वा स्थानीय निकायमा पनि भ्रष्टचार मौलाउदै गएको कुरा यसैले स्पष्ट पनि हुन्छ । त्यसैले पनि स्थानीय तहमा रहेका समस्याहरु समाधान गर्न आवश्यक छ । जनप्रतिनिधिहरु जनताको मालिक हैन अझै सेवन बन्न जरुरी छ । शासक र मालिक बनेको खण्डमा यस्ता बिकृति झन बढ्दै जाने निश्चित छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here