हुनत् नेपालका सांसदहरुले सदनमा बोलेको कुराको खासै अर्थ हुदैन तैपनि केही सासदहरुले उठाएको विषयहरु भने कहिलेकाही अलिक रोचक र केही चैं ठीकै हो कि भन्ने पनि देखिन्छ ।सांसदहरुको काम भनेको ऐन, कानुन र नीति बनाउने हो तर नेपालको सन्दर्भमा भने सांसदहरु नीति बनाउन छाडेर मन्त्री बन्नतर्फ लाग्ने गरेकाछन । जुन आफैमा विडम्बनाको कुरा हो । सांसदहरु सरकार बनाउने खेलमा लागेका कारण पनि नेपाल संसदीय राजनीतिको गोलचक्करमा नराम्रोसंग फस्दै आइरहेको छ ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा नेपाली काँग्रेसकी सांसद कमला पन्तले गृहणीहरुलाई पेन्सन दिनपर्ने कुरा उठाउनु भएको छ । यो कुरा सुन्दा सामान्य र अचम्म जस्तो पनि लाग्ने गर्दछ तर यो विषय एकदमै महत्वपूर्ण छ । बिहानदेखि बेलुकासम्म घरको काम गर्ने नेपालका महिलाहरुले दिनभर घरको काम गरेर पनि आफू त बेरोजगार छु भन्छन् भने उता समाज तथा स्वयम् आर्थिक हिसावले पनि महिलाहरु परनिर्भर भएकाले गृहणीहरु बेरोजगार बन्न पुगेको हो
वास्तवमा बाहिर काम नगर्ने तर घरमा रहेका महिलाहरुलाई सरकारले दामाशाहीका आधारमा रकम दिन आवश्यक छ तर नेपालमा यो नीति बन्यो भने सबै नेताकै आफन्तले फेरि जागिर खांदाखादै पनि बेरोजगार बनाएर यसमा समेत आफ्नै मान्छेलाई अवसर दिलाउने पक्का छ । तैपनि गृहणीप्रतिको सम्मान सहनीय छ । गृहणीहरुको पक्षमा अहिले नै त यस्तो नीति बन्नसक्ने संभावना छैन तैपनि कालान्तरमा एउटा नीति भने बनाउन आवश्यक छ ।
















