हरेक वर्ष सुख्खा मौसम आउछ । सुख्खा मौसम आएसंगै आगलागीको प्रकोप र जोखिमका खबरहरु पनि आउने गर्दछन् । आगलागी नियन्त्रणका लागि भएका प्रयासहरुले खासै काम गरेको पनि नदेखिएको जस्तो लाग्छ ।

बारा र पर्सा जिल्लाका विभिन्न क्षेत्रका जंगलमा पनि आगलागीका घटना भएको छ । आगलागी भएको हो वा गराइएको हो भन्नेमा पहिला स्पष्ट हुन आवश्यक छ ।

जंगल क्षेत्रमा आगो आफै लागेको होइन । कतिपय स्थानमा त सरकारी तवरबाट नै आगलागी हुने गरेको छ । जसका कारण पनि आगो नियन्त्रण बाहिर जाने गरेको छ । राष्ट्रिय वन क्षेत्रमा लागेको आगो पनि मानवबाट नै भएको हो । मानिसले नै आगो लागेपछि समयमा नै नियन्त्रण नगर्दा आगो नियन्त्रण बाहिर गएको हो ।

त्यसो त स्थानीयहरुले पनि आगो लगाउने गर्दछन् । आगो खरवारीमा लगाइदा फाइदा त होला तर आगो लागाउने बिषयमा सचेत र सावधानी भने हुन आवश्यक छ । यही समेत सावधानी नभएका कारण पनि आगलागीबाट ठूलो घटना हुने गरेको छ र आगोलागीका कारण निस्कने धुँवाले बातावरणलाई पनि प्रदूषित बनाउने गरेको छ । त्यसैले आगो लगाइ सकेपछि निभाउनतर्फ ध्यान दिन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here