सिम्रौनगढ, २१ साउन– बारा जिल्लाको पचरौता नगरपालिकामा बुधबारबाट बिहान ६ देखि १० सम्ममात्र खाद्यान्न पसल खुल्ने भएका छन ।
नगरपालिकामा कोरोना भाइरस विपद व्यस्थापनको निम्ति मंगलबार बसेको सर्वपक्षीय बैठकले खाद्यान्न पसलहरु बिहानमात्र खोल्न दिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि जारी गरेको लकडाउनका बाबजुद पनि केही पसलेहरुले दिनभरी नै पसल संचालन गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो । त्यसैगरी पसलमा किनमेल गर्न आउदा सामाजिक दुरी पनि कायम गर्नुपर्ने निर्णय गरिएको छ ।
नगरपालिका प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा बसेको बैठकले जारी निषेधाज्ञा आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरभित्र ४ पाङ्ग्र्े सवारी साधन संचालनमा पनि रोक लगाउने निर्णय गरेको छ ।
बैठकले अतिआवश्यक कामबाहेक सर्वसाधराणलार्य घरबाहिर ननिस्कन, भारतबाट आएका नेपाली नागरिकहरुले सिमा नाकामा परीक्षण गर्न र नगरपालिकाको स्वास्थ शाखा कार्यलयमा सम्पर्क गरी होम कोरेन्टाइनमा बस्नसमेत अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख यादवले जानकरी दिनुभयो । कोरोना भाइरसबाट बच्ने उपाय बारे नगरमा जनचेतनामुलक सामाग्रीको प्रचारप्रशार गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।
बैठकमा सशस्त्र प्रहरी निरीक्षक कुल खडका, नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत प्रमोदप्रसाद यादव, स्वस्थ संयोजक नवलप्रसाद यादव, वडा अध्यक्षहरु कन्हैयाप्रसाद यादव, जगतनारायणप्रसाद यादव, दिनानाथ सहनी, सर्वजित राय यादव, नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता थियो ।