हेटौंडा,हेटौंडाबाट ठूलो परिमाणको लागूऔषध गाँजासहित १ जना भारतीय नागरिक पक्राउ परेका छन ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ३ तिनताप्केस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले १ सय ११ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।मनहरीबाट वीरगञ्जतर्फ जादै गरेको बा १० च ५३३ नम्बरको योद्धा पिकअप गाडी र गाडी चालक भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षिय महोमद समिरलाई उक्तगाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।गाडीको ढालामा बालुवा र मलले छोपी लुकाएर ल्याइएको अवस्थामा लागू औषध गाँजा १ सय ११ किलो फेला परेको र उक्त गाँजा, पिकअप गाडी र चालक महोमद समिरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


















