कृपा संवाददाता
निजगढ, ३ मसिर । नेकपा प्रदेस नम्बर २ को आयोजना हुने र नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड )को प्रमुख अतिथ्यतामा बिकास र समृद्धिका लागी मंसिर १० गते निजगढ हुन लागेको जनसभाको तयारिका लागी आज नेकपा जिल्ला कमिटी बाराको बैठक बडहर्वामा सम्पन्न भएको छ । बैठक ले ब्यापक रुपमा जनसहभागिता जुटाउने निर्णय गरेको छ ।
बैठकले मंसिर ४ गते बाराजिल्लाका सम्पुर्ण गाउँ,नगर, उपमहानगरपालिका र प्रेस सङगठन कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको छ नेकपा बाराका नेता मनोज पौडेलले बताउनु भयो । त्यसै गरि बैठकले बिभिन्न उपसमितिलेहरु गठन गरेको पौडेलले जानकारी दिनु भयो । बैठकले यहि मसिर १४ गते बारागढि गाउपालिका वडा नम्बर ५ हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट अध्यक्ष पदका उम्मेदवार शन्कर चौधरीलाइ बिजय बनाउन सम्पुर्ण मतदाताहरुमा आह्वान गर्नुका साथै निर्वाचनमा लाग्न सम्पुर्ण पार्टी पंक्तिलाइ निर्देशन दिएको छ ।
जिल्ला कमिटीको अर्को बैठक मंसिर २१ गते आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला कमिटी अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षता र सुन्दर बिकको सहजिकरणमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज बलबिर चौधरी,सह इन्चार्जहरु गोपाल ठाकुर,ज्वाला साह,प्रदेस कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो ।