कलैया,बाराको विश्रामपुर गाउँपालिका– १ घोडासाहन नाकाबाट स्रोत नखुलेको नगद १० लाख २० हजार रूपैयाँ सहित २ जनालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बाराको फेटा गाउँपालिका– ६ पुरैनिया बस्ने ४१ वर्षीय सैदुल्ला मिया ठकुराई र २२ वर्षीय बागर अन्सारी रहेका छन् ।इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३६ प ४५६३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply