सिमरा,नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जीतपुरसिमरा उपमहानगर कमिटीको प्रथम अधिबेशन मंगलवार सिमरामा सम्पन्न भएको छ । अधिवेशनले अनिता लम्साल अधिकारीको अध्यक्षतामा १ सय १ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य सरस्वती देवी चौधरी, एमाले बाराका पूर्वअध्यक्ष देबनारायण चौधरी, उपाध्यक्ष टिना सुवेदी, एमाले बाराका नेता मनोज पौडेल, प्रदेश कमिटी सदस्यहरु किशोर शर्मा, लक्ष्मी नेपाली, चयन गुरुङ, मोबिन आलम, महिला नेतृ कमला घिमिरे, जिल्ला कमिटी सदस्यहरु अमृत लाल श्रेष्ठ, भोला अधिकारी, भरत घले, तारा कार्की, कासिम हुसेन, देबी सापकोटालगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
अधिबेशन उद्घाटन समाहरोहको सभापतित्व अनिता लम्सालले र स्वागत मुना अधिकारी र सहजीकरण रेनु रिमालले गर्नुभएको थियो ।