बरियारपुर,
त्राही आच्युत आश्रय महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरको सहकार्यमा शनिबार विश्व शान्ति हेतु गीता पुराण पाठ वाचन गर्दै पुजापाठ गरिएको छ ।
महागढीमाई ननगरपालिका वडा नम्बर २ स्थित श्री डिभाईन सकेण्डरी स्कुलको प्राङ्गणमा त्राही आच्युत धर्म संस्थामा आवद्ध गुरुभाइ, गुरुबहिनीद्वारा विश्वब्यापी रुपमा बढेको कोरोना, हत्या हिंसा, बलात्कार, युद्ध जस्ता क्रियाकलाप बढ्दै गएकोमा विश्व शान्ति हेतु गीता पुराण पाठ गरिएको गुरुभाइ जितेन्द्र गुप्ताले जानकारी दिनुभयो ।
हरेक महिना एकादशीमा त्राही आच्युत आश्रम लगायत गुरुभाइको घरआगनमा पूजापाठ गर्दै आएका छन । महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गीता पुराण पाठ वाचन श्रवण गर्दै आश्रमको विकासको लागि त्राही आच्युत आश्रमभित्र राधाकृष्ण मन्दिर निर्माण कार्यको लागि नगरपालिकाले २० लाख सहयोग गरेको जानकारी दिनुभयो । आश्रय बरियारपुरद्वारा आयोजना गरिएको गीता पुराण पाठ वाचनमा आश्रमका महेन्द्रप्रसाद कुशवाहा, जितेन्द्र गुप्ता, राधेश्याम कुशवाहा, काशी साह, कैलाश महतो, चान्सी साह कानु लगायत ९ जनाले गीता पुराण पाठ वाचन गर्नुभएको थियो । डिभाईन सकेण्डरी स्कुलले गीता वाचनपछि सहभागी प्रसाद वितरण गर्नुभएको थियो ।