नरेश गुप्ता
बरियारपुर , कार्तिक २९ । पशु कल्याण संघ काठमाडौले गढीमाई मेला ब्यवस्थापन मुल समितिलाई मन्दिरको बिकासको लागि ६ लाखको चेक हस्तान्तरण गरिएको छ । पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन मुल समितिको कार्यलयमा पशु कल्याण संघको अध्यक्ष स्नेहा श्रेष्ठले मुल समितिको अध्यक्ष सुदामा साहलाई सो रकम हस्तान्तरण गरिएको छ ।
गढीमाई मन्दिर परिसरमा आयोजना गरिएको आरती पुजा र प्रवचन कार्यक्रमलाई मेला अवधी भित्र संचालन गर्ने उदेश्यले सो रकम हस्तान्तरण गरिएको पशु कल्याण संघको अध्यक्ष स्नेहा श्रेष्ठले बताईन । पशु कल्याण संघ र पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन मुल समिती बिच भएको ५ बुन्दे सहमतिमा मुल समितिले सहयोग गर्ने परेवा संरक्षणलाई प्राथमिकता राखी ,पशु कल्याण संघको जारी जनचेतनामूलक कार्यक्रममा सहयोग गर्ने , कम उमेरका पशु लाई बलि नदिने लगायतको सहमति भएको गढीमाई मेला मुल समितिको महासचिव मोतिलाल कुशवाहाले बताए ।
समानिय सर्वोच्च अदालतको फैसला पशुबलिलाई निरुत्साहित गर्ने जारी निर्देशनमा स्थानिय तह र गढीमाई मेला ब्यवस्थापन समितिले सहयोग गर्ने महासचिव कुशवाहाले बताए । सो अवसरमा पंचबर्षिय गढीमाई मेला ब्यवस्थापनको लागि गठित १४ वटा उपसमितिले गरेको कार्यको प्रगती बिवरण , सुरक्षाको बिषयमा प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेलले जानकरी लिनु भएको थियो ।
सो अवसरमा गढीमाई मन्दिर बिकास समितिको अध्यक्ष रामचन्द्र साह , मुल समितिको कोषाध्यक्ष धिरेन्द्र सिह , बाराको प्रहरी प्रमुख बिकास राज खनाल लगायत समितिको पदाधिकारिहरुको सहभागिता रहेको थियो ।