सिमरा,बाराको अमलेखगंजबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक अगाडिबाट लागुऔषधसहित रौतहटकी एक जना युवती पक्राउ परेकी हुन । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी वर्ष २१ की मुस्कान कुमारी दास रहेकी छन् ।
प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले गौरबाट काठमाण्डौँतर्फ जादै गरेको बा.प्र.०१–००६ ख ५१५९ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा बसको डिक्कीमा लुकाई छिपाई लगिरहेको लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।प्रहरी उनको साथबाट नोरफिन– १२०० पिस इन्जेक्सन, ड्राइजोपाम–१२०० पिस इन्जेक्सन,फेनारगल–१२०० पिस इन्जेक्सन गरी जम्मा ३ हजार ६०० पीस लागु औषध इन्जेक्सन बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।पक्राउ परेकामाथि लागुऔषध सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको सापकोटाले बताउनुभयो ।



















