सिकिन्द्र साह
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका– १० देवापुर टेटा टोलमा विगत लामो समयदेखि भारतीय नक्कली भिखारीको एउटा समूह गाउँका चरा समातेर बिक्री गर्ने कार्य गर्दैआएको छ ।नक्कली भिखारीहरुको सो समूहले सिम्रौनगढको टेटा टोलमा टेन्ट गाढेर ७-८ महीनादेखि स्थानीय प्रजातिका दर्लभ चराहरुको तस्करी गर्दैआएको हो । उनीहरुले पंक्षी समात्न नेपाली नम्बर प्लेटको गाडीसमेत प्रयोग गर्ने गरेका छन । उनीहरूले बा १४ च ५०६७ नम्बरको म्याजिक भ्यान गाडी प्रयोग गर्दैआएका हुन ।

करिव १ सय जनाको संख्यामा रहेको सो समूहले भिखारीको भेषमा गाउँघर, खेतबारी, नदी र पोखरीमा पुगेर संरक्षित तथा दुर्लभ पंछीलाई जाल प्रयोग गरेर समात्ने र सीमापारि भारतमा पु¥याएर बिक्री गर्ने गरेको स्थानीयको भनाई छ ।
समूहका पुरुषहरु बिहानदेखि नै सिम्रौनगढ क्षेत्रका विभिन्न ठाउँमा पुगेर पंक्षी समात्ने र महिलाहरू भने भेष बदलेर दिनभरि गाउँघर चाहर्दै भिक्षा माग्ने कार्यमा संलग्न रहने गरेका छन ।

भिखारीको भेषमा लामो समयदेखि हुदैआएको पंक्षी तस्करहरूको गतिविधि नियन्त्रणप्रति सरोकारवाला निकायले ध्यान नदिएकोभन्दै स्थानीयले गुनासो गरेका छन । भिखारीको नाममा गाउँमा भइरहेको गतिविधिले पर्यावरण संरक्षण र समाजिक मूल्य मान्यतामा नकारात्मक असर पारिरहेको उनीहरूको गुनासो छ ।यस किसिमका गैरकानुनी तथा समाजविरोधी गतिविधि रोक्न राज्यका सम्बन्धित निकाय तथा सरोकारवाला संस्थाहरूले शीघ्र ध्यान दिइ आवश्यक छानबिन तथा कडा कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।

मानव निर्मित प्रचीन पोखरीहरुको लागि प्रसिद्ध सिम्रौनगढ क्षेत्रमा हिउँदको समयमा साइबेरिया–उत्तरी हिमाली क्षेत्रबाट चराहरूले बसाइँसराइ गर्ने गरेका छन । जाडो छल्न र पर्याप्त खानाको लागि उपयुक्त वातावरण खोज्दै यहाँका नदी तथा पोखरीहरु वर्षेनी विदेशबाट हजारौंको संख्यामा चरा बँसाइ सरेर आउने गरेका हुन ।

Leave a Reply