नरेश गुप्ता

बरियारपुर – जिल्ला प्रशासन कार्यालय बाराले निशेधज्ञाको समय १५ दिनको लागि थप गरिएको छ । कोरोना कोभिड १९ को संक्रमितको  संख्या  बारामा पनि  बढ्दै गएकोले लक डाउनको पुर्ण रुपमा पालना गराउन  १५ दिन थप निशेधज्ञा जारी गरिएको बाराको प्रमुख जिल्ला  अधिकारीले  रुद्र प्रसाद पंडितले जानकारी दिए  ।

 

 

 

निशेधज्ञाको समय अवधी जेठ  ६ गते देखि २० गते सम्म बढाईएको छ । बाराको कलैया  अस्पतालमा बाराको ४३ जना पत्रकारको स्वाब परिक्षण  गरिएकोमा  करैयामाई गांउपालिका ५ निवासी ३८ बर्षिय एक स्थानीय  पत्रकारमा कोरोना पोजिटिभ  रिजल्ट  आएपछी  बारामा पनि संक्रमणको खतरा  बढेकोले  निशेधज्ञाको समय सिमा बढाईएको प्रजिअ पंडितले बताए ।

 

 

 

 

सोमबार बसेको  शान्ति सुरक्षाको  बैठकले १५ दिन निशेधज्ञा  बारामा थप्पिएको छ । छिमेकि देश भारत सिमामा जेठ २० गते १२ बजे राती सम्म आवतजावतमा  निशेधज्ञा लगाईएको प्रमुख  जिल्ला  अधिकारी  रुद्र प्रसाद पंडितले जनाए । जारी निशेधज्ञामा अति आवश्यक खाधान सामग्री , औषधि , दूध , संचार ,बिधुत , खानेपानी बाहेकको सवारीसाधनलाइ आवतजावतमा  निशेध  गरिएको छ ।

Leave a Reply