एकजना गायक प्रकाश सपुतले हालै ‘पिर’ नामक एक गीति कथा सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको गीतको पक्ष र विपक्षमा अहिले बहस भएको देखिन्छ । पिरको कुरा आएपछि यूटुब चलाउन सक्नेले यो भिडियो हेर्न बाँकी छैन होला । यसले राम्रो कमाइ गरेको देखिन्छ । उनले दुई रुपैया कमाउने उदेश्यले गीत निकाल्नु पनि पाप होइन ।
उनले बनाएको भिडियोमा माओवादी सशस्त्र संघर्षलाई चित्रण गरिएको छ । जहाँ एकजना महिला छापामार यौंन व्यवसायमा लागेको देखाइएको छ र यो पात्र खुद छापामार नै भएको कुरा पुष्टि नै भएको छ । यसैले पनि पिरको बिषयमा माओवादीका नेता कार्यकर्ताहरुले बढी पिर गरेको देखिन्छ जुन आवश्यक छैन । गीत र सर्जक दुबै देशका गहना भएकाले उनीहरुको बिषयमा आपत्ति जनाउनु आवश्यक छैन ।
बरु हिजो बाँडिएका सपनाहरु कहाँ हराए, कहाँ स्खलित भए ती बिषयमा समीक्षा गर्न जरुरी छ । प्रकाशले सृजना गरेको कथामा सबै कपोकल्पित कुरा पनि छैनन् । त्यसैले पनि गीत र संगितलाई वा सर्जकलाई गाली गर्नुभन्दा पहिला आफूले गरेको गल्तीको पनि समीक्षा हुनु पर्दछ । त्यसो त केही कुरा भने प्रकाशले पनि सच्चाउन आवश्यक भने छ ।