बरियारपुुर,नेपाल क्षयरोग निवारण संस्था बाराको २० औं साधारण सभा तथा छैठौं जिल्ला अधिबेशन शनिबार कलैयामा सम्पन्न भएको छ ।
‘अब समयको गति, नहोस क्षयरोगबाट क्षति ।’ भन्ने मुल नारा रहेको नेपाल क्षयरोग निवारण संस्था बाराको २० औं साधारण सभा सुरेश मोदकको अध्यक्षतामा भएको हो ।
२० औं साधारण सभा एव छैठौं जिल्ला अधिबेशनको उद्धाटन समारोहलाई सम्बोधन गर्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सस्स्य राजकिशोर यादवले क्षयरोग अब औषधि सेवनबाट निको हुने भएकोले ड्ट्स प्रविधि अर्थात स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्नुपर्ने बताउनु भयो ।
क्षयरोग पहिला प्राणघातक रोगको रुपमा चिनिन गरिएको भएपनि अहिले यसको औषधि नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको यो रोग लाग्दैमा डराउनु नपर्ने यादवले जानकारी दिनुभयो । सोही अवसरमा नेपाल क्षयरोग निवारण स्मारिकाको पनि प्रमुख अतिथि यादवले विमोचन गर्नुभएको थियो ।
कलैयास्थित एभरेस्ट लजमा आयोजित कार्यक्रमना क्षयरोग निवारणको लागि जनचेतना जगाउने तथा प्रचार प्रसार गर्नुपर्नेमा जानकारी गराइएको थियो ।
सो अवसरमा पत्रकार सिकेन्द्र पासवान, गौरी ढकाल, श्रीप्रसाद पासवान, बिक्रम ठाकुरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
फोटो पनि छ ।
हात्तिपाइविरुद्ध आम औषधी सेवन कार्यक्रम कलैयाबाट सुरु
पुष्पराज खतिवडा
मनहर्वा,
राष्ट्रिय हात्तिपाइले आम औषधी सेवन कार्यक्रम शनिबार अपरान्ह कलैयाबाट सुरु गरिएको छ ।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत नाथु साह, प्रदेश अस्पताल कलैयाका डा. गौरव महत्तो, नेपाल पत्रकार महासंघका सचिव अनिल गौरव लगायतले सामुहिक रुपमा औषधी सेवन गरी कार्यक्रमको उद्धाटन गर्नुभएको हो ।
यससँगै जिल्लामा शनिवारबाट हात्तिपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ । मधेश प्रदेशको बारा जिल्लामा सहित देशभरका १० जिल्लामा यो अभियान सुरु भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो ।
यसपटक बाराका २ वर्षमाथि उमेर समुहका सबैलाई अनिवार्य औषधी सेवन गर्न लगाएर अर्को वर्षका लागि बारालाई पनि हात्तिपाइले रोगमुक्त जिल्ला बनाउनु पर्ने उहाँले बताउनुभयो ।