विकास, मानव जातिको लागि नभइ नहुने बस्तुभित्र परिसकेको छ । मानिसका लागि गाँस, बाँस र कपास मात्रै भएर हुदैन । यदि विकास भएन भने फेरि मानिस ढुंगे युगतर्फ फर्कने हुँदा आजको दिनमा विकासको पनि उत्तिकै आवश्यकता पर्दै गइरहेको छ । विकासका लागि जस्तो सुकै बाहाना गरेपनि रोक्न हुदैन तर नेपालमा भने विकासमा अझैपनि विभिन्न बाहाना बनाएर अवरोध सृजना गर्ने काम भइरहेको छ । हुनत्, भन्ने बेलामा राष्ट्रिय आयोजनामा गौरवको योजनाहरु भन्ने अनि विकास गर्न परेको खण्डमा चैं अवरोध मात्रै गर्ने ।सरकारको नीति एकदमै खराब छ । त्यसो त बारा, पर्साको मात्र नभइ समग्र देशको गौरवको रुपमा रहेको द्रुर्तमार्ग अथवा फाष्टट्याकको निर्माण कार्यले गत आर्थिक वर्षमा पनि खासै प्रगति गर्न नसकेको तथ्य सार्वजनिक भएको छ । यो बाटो देशका लागि नभइ नहुने भइसकेको छ तर सरकारले प्राथमिकतामा राखेको छैन ।सरकारले झारा टार्ने काम गरेकै कारण बितेको आर्थिक वर्षमा यो बाटोको प्रगति भएन । यो मार्ग बनाउनका लागि राजनीतिक दलहरुको इच्छा शक्ति नै एकदमै कम देखिएको छ । यसो भन्दा उनीहरुले यस्तो आयोजनाहरु जसरी पनि बन्न पर्दछ भनेको पनि सुनिन्छ तर व्यवहारमा बजेट काट्ने, सेनालाई अवरोध गर्ने जस्ता काम गरेपनि विकासमा संधै बाधक भइरहेको छैन र ?

Leave a Reply