खासगरी रसियाले छिमेकी मुलुक युक्रेनमाथि गरेको हिंसात्मक आक्रमणले शक्तिशाली छिमेकी मुलुक निरपेक्ष भएर चल्न खोज्ने सानो मुलुकको गति के हुनेरहेछ भन्ने तीतो पाठ सिकाएको छ । साढे १४ करोड जनसंख्याको रसियाले साढे ४ करोड जनसंख्याको युक्रेनमाथि मात्र आफू अनुकूलको सरकार नभएका कारण अन्धाधुन्ध गोलीबारी ग¥यो ।

अमेरिकालगायत पश्चिमेली मुलुकको साथमा उभिने युक्रेनको रणनीति रसियालाई आपत्तिजनक लाग्यो । रसियाले अहिले त्यसकै रिस फेरिरहेको छ । विश्वको शक्तिशाली मुलुक रसियाले युक्रेनमाथि हमला गरेपछि अहिले विश्व दुई भागमा विभाजित भएको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अहिले विश्व समुदायलाई सहयोगको याचना गरेर हतियार दिन आग्रह गरिरहेका छन् । अमेरिका र चीनले आफ्नो पक्षधरतालाई पछिल्लो समय आएर प्रष्ट्याएका छन् । दुई ध्रुवमा बाँडिएको विश्वका कारण तेस्रो महायुद्धको अवस्था नआउला भन्न सकिदैन । अहिले युक्रेनलाई चौतर्फी रुपमा रसियाका १ लाखभन्दा बढी सेनाले घेराबन्दी गर्दै आक्रमणलाई तीव्र बनाइरहेका छन् । दुई मुलुक बीचको शान्ति–वार्तासमेत निष्कर्षविहीन भएपछि दुवै मुलुक फेरि एक–अर्कामा भिड्न थालेका छन् ।

विश्व समुदायले रसियालाई एक्लो बनाउँदै लगेका छन् । अन्तर्राष्ट्रिय वित्तीय संस्थाले रसियासँग अलग हुने घोषणा गरेपछि अहिले त्यहाँ राष्ट्रिय मुद्रा रुवलको अवमूल्यन तीव्र भइरहेको छ भने अन्य सहयोगी संस्थाले समेत रसियासँगको सम्बन्ध विच्छेद गरेका छन् । पश्चिमा राष्ट्रहरु अहिले युक्रेनलाई बचाउन वार्ताको वातावरण बनाउनुभन्दा पनि युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गरेर रसियालाई थप उत्तेजित बनाउने र युक्रेनमाथि आक्रमाण गर्न उक्साउने जस्ता काममा लागेका छन् ।

नेपाल जस्ता साना र गरिव मुलुकहरु अहिले महँगीको मारमा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय रुपमा तेलको मूल्य बढेको छ भने अन्य दैनिक खाद्यान्नका सामानको मूल्य पनि अकासिएको छ । दुई देशबीचको युद्धको प्रभावस्वरुप अहिले नेपालमा तेलको अभावसमेत सिर्जना हुनथालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here