गोकुल घोरसाइने,
निजगढ, २८ भदौँ– बाराको निजगढ नगरपालिका वडा नम्बर– ५ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा कक्षाकोठाको ढोकामा ताल्चा लागेको ६ महिना भन्दा बढी भइसक्यो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण सरकारले बन्द गर्ने निर्णय गरेपछि देशका अन्य जस्तै यो विद्यालय पनि गत वर्षको चैत्र महिनादेखि संचालनमा छैन । तर विद्यालयले विद्यार्थी सीकाइ क्रियाकलाप भने जारी राखेको छ ।
कोभिड– १९ महामारीका कारण कक्षाकोठामा राखेर सीकाउन अशंभव भएपछि विद्यालयले २ महिना अघिदेखि मुख्यमुख्य विषयको अनलाइन र होम एसाइनमेन्टमार्फत सीकाइ क्रियाकलाप संचालन गर्दै आएको प्रधानाध्यापक हस्तबहादुर लामाले जानकारी दिनुभयो । ‘बन्दाबन्दीको बीचमा पनि विद्यार्थीलाई सिकाउन सकिन्छ भन्ने लागेर पठनपाठन शुरु गरिएको हो, उहाँले भन्नुभयो, ‘माथिल्लो कक्षामा अनलाइन र तल्लो तहमा होम एसाइनमेन्टमार्फत सीकाइ क्रियाकलाप जारी राखिएको छ ।’ उहाँले कक्षा ८, ९ र १० मा अनलाइन र तल्लो तहमा होम एसाइनमेन्टबाट सीकाइ क्रियाकलाप संचालन गर्दै आएको जानकारी दिनुभयो ।
होम एसाइनमेन्टअन्तरगत पाठ्यक्रमअनुसार तयार पारिएको स्वअध्ययन सामाग्रीेबाट गृहकार्य दिने र कार्यालयमा परीक्षणपछि फेरि शिक्षकले घरघरमै पुगेर विद्यार्थीलाई पृष्ठपोषण गर्ने गरेका छन । हरेक हप्ता विद्यालयका एक जना शिक्षक होम एसाइनमेन्ट वितरण गर्न विद्यार्थीको घरसम्म पुग्ने गरेको शिक्षक मिलन लामाले बताउनुहुन्छ ।
अनलाइन कक्षामा भने विद्यालय र कहिलेकाही घरमै बसेर पनि शिक्षकले विद्यार्थीलाई सीकाउने गरेको गणित शिक्षक अभय लामिछाने बताउनुहुन्छ । ‘प्रतेक विषयको समय तालिका बनाइएको छ, लामिछानेले भन्नुभयो, कक्षा समय शुरु हुनु अगावै विद्यार्थीहरु एन्ड्रोइड मोवाइलसहित पाठ्यपुस्तक लिएर इन्टरनेटको पहुँचमा बसेका हुन्छन ।’ शिक्षकले ल्यापटप र कालोपाटी प्रयोग गरेर विद्यार्थीको सीकाइ कार्यमा सहजीकरण गर्ने गरेको उहाँले बताउनुभयो । इन्टरनेटको पहुँच नभएका केही विद्यार्थीहरु भने साथीसंग सामुहिक कक्षामा सहभागी हुने गरेको लामिछानेले बताउनुभयो ।
विद्यालयका विज्ञान शिक्षक लालबाबु चौधरी भने कक्षाकोठाको जस्तो सहज नभए पनि इन्टरनेट प्रयोगले विद्यार्थी सीकाइ कार्यमा धेरै ठुलो मद्दत गरेको बताउनुहुन्छ । ‘कक्षाकोठामा राखेर सिकाए जस्तो प्रभावकारीे त हुदो रहेनछ, उहाँले भन्नुभयो, तर पनि विद्यार्थीलाई धेरै कुरा सिकाउन शंभव भएको छ ।’ सीकाइ कार्यमा शिक्षकको हाउभाउ प्रस्तुतिले पनि धेरै महत्व राख्ने भन्दै अनलाइन कक्षामा शिक्षक र विद्यार्थी दुबैले ‘बड्डी ल्याङ्गवेज’ बुझन नसक्ने भएकोले केही हदसम्म सीकाइ प्रभावित बनेको उहाँको भनाइ छ ।
त्यसैगरी प्रतक्ष्य रुपमा गृहकार्य चेकजाँच गर्न नपाइने, सबै विद्यार्थीको इन्टरनेटमा पहुँच नहुनु र भएका भनिएकाहरुको पनि नेटवर्क कमजोर हुदा बेलाबेलामा पठनपाठन अवरुद्ध हुने गरेको शिक्षक चौधरी बताउनुहुन्छ । तर पनि बन्दाबन्दीले अवरुद्ध बनेक सीकाइ क्रियाकलाप सहजीकरण गर्न विद्यालयले शुरु गरेको वैकल्पिक माध्यमको पठनपाठन उपयोगी सावित भएको उहाँ बताउनुहुन्छ ।
विद्यालयका प्रअ लामा केही दुर्वलताका बाबजुद पनि अनलाइन कक्षा र होम एसाइनमेन्ट प्रभावकारी देखिएको बताउनुुहुन्छ । ‘अनलाइन कक्षामा ८० प्रतिशतसम्म विद्यार्थी सहभागी छन, उहाँले भन्नुभयो, तर होम एसाइनमेन्टमा सत प्रतिशत विद्यार्थी उत्साहजनक रुपले सहभागी छन ।’ वैकल्पिक माध्यमबाट सिकाइ क्रियाकलाप शुरु गरेपछि विद्यार्थीसैगै अभिभावकमा पनि उत्साहा थपिएको उहाँले बताउनुभयो । ‘विद्यालय बन्द हुदा अभिभावकहरु बाबु÷नानीको भविष्य बिग्रने पो हो कि भन्ने चिन्तामा थिए, उहाँले भन्नुभयो, अब चिन्ता टरेको छ, सबै अभिभावक पनि खुसी हुनुहुन्छ ।’
वैकल्पिक माध्यमबाट सीकाइ शुरु गरेपछि निजी स्कुलमा अध्ययन गर्ने विद्यार्थी पनि आकर्षित भएको उहाँले बताउनुभयो । यो अवधिमा निजी छोडेर झण्डै एक दर्जन विद्यार्थी विद्यालयमा भर्ना भएका छन ।
अनलाइन र होम एसाइनमेन्टको प्रभावले गर्दा नै बाहिरबाट भर्ना हुन आउनेको विद्यार्थीको संख्या बढेको प्रअ लामाको भनाइ छ । शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले छलफल गरेर बनाएको योजनाअनुसार विद्यालयले वैकल्पिक माध्यमबाट सीकाइ क्रियाकलाप संचालन गर्दै आएको हो ।