अहिले राजनीतिक दलका खासगरी चुनावमा उठेका उम्मेदवारहरुको रबैया हेर्ने हो भने आश लाग्दो छ । नेताहरु आम जनताको दुःख सुखका लागि हरदम तयार भएको पनि अनु्भूति हुने गरेको छ । यसको उदाहरण मंगलबारको महान पर्व इदको अवसरमा पनि लिन सकिन्छ । मुस्लिम समुदायको पवित्र पर्व रमजान मनाउनका लागि उम्मेदवारहरु मुस्लिम बस्तीमा समेत पुगे अनि यो पर्व मनाए ।
यो पर्व मुस्लिम धर्मसंग जोडिएपनि बारा र पर्साका सबै धर्मालम्बीहरुबीचमा सद्भाव छ र मिलेर नै मनाउने गरिन्छ । चुनावमा उठेका नेताहरु यसरी नागरिकहरुको साथमा बसेर खानु वा पर्व मनाउनु भने राम्रो कुरा हो । तर यो साथ र सहयोग नेताबाट जनताले सदैव आश गरिरहेका हुन्छन् । यो आशबाट घात गर्ने छुृट नेताहरुलाई अब छैन ।
हुनत यो आधुनिक युग हो । अब कुनैपनि नेता जनताको सुखदुःखबाट टाढा रहन सक्दैनन् । जसले जनतालाई साथ दिन्छ ऊ नै नेता बन्ने गर्दछ । स्थानीय तहको चुनाव भनेको कुनैपनि नेता जितेर सिंह दरबारमा गएर बस्ने पनि होइन । करेक क्षण नागरिककै पक्षमा रहनु पर्ने भएकाले पनि अब नेताको साथ जनतालाई आवश्यक छ ।