अहिले सरकारले प्रतिबन्ध लगाएको बिप्लव समूहले देशका केही भागमा बिभिन्न गतिबिधि सांलन गरेको देखिन्छ । नेपालले सशस्त्र विद्रोहका नाममा दिनदिनै ठूलो परिमाणमा नेपाली नागरिकको आहुती दिएको लामो समय भएको छैन । १२ वर्षअघिसम्म पनि राज्य पक्ष र माओवादी विद्रोही पक्षका नाममा विभाजित नेपाली नागरिक निर्मम प्रहारको शिकार भएका थिए ।अकाल मृत्युको त्रासमा पूर्ण्विराम मात्र लागे कत्रो उपलब्धि हुन्थ्यो भन्ने अभिलाषा थियो त्यस बेला । ती दिनलाई सम्झेर झस्किने र सपनामा समेत तर्सिने नेपालीहरूका बीच नेकपा विप्लव समूह फेरि तत्कालीन माओवादीकै शैलीमा उत्रिएको छ । यो आफैंमा गम्भीर विषय बनेको छ ।

 

 

 

 

 

 

 

 

 

 

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने सरकारको चाहनामाथि प्रतिबन्धित नेकपा विप्लव समूहले धावा बोल्दै राजधानीमा नै बम विस्फोट गराएपछि सरकारले राजधानीको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।केही दिनअघि विवादास्पद ललिता निवास प्रकरणका मुख्य योजनाकार डा. शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएर विप्लव समूहले जिम्मा लिएपछि सरकारले राजधानीको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

हात–हतियारसहित राजधानी प्रवेश गरेको विप्लव समूहको आक्रमणबाट राजधानीलाई बचाउन सुरक्षा निकायले अहिले आफ्ना सबै युनिटलाई हाई अलर्टमा रहन निर्देशन दिएको समाचार सार्वजनिक भएको छ ।समाजमा आतंक मच्चाएर आफ्नो स्वार्थ पूरा गर्ने समूह सक्रिय भइरहेका बेला विप्लव समूहको पछिल्लो गतिविधि चिन्ताको विषय बन्न पुगेको छ । उसले मूलधारको राजनीतिबाट टाढा रहेर हत्या र हिंसाको बाटोमा लाग्नु नै गलत भएको भन्दै सर्वसाधारणले समेत सो समूहको आलोचना गर्दै आएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

समाज परिवर्तन हतियार उठाएर मात्र पूरा हुन्छ भन्ने विप्लव समूहको मान्यतालाई स्वीकार गर्न सकिँदैन । १२ वर्षअघि मूलधारको राजनीतिमा आएको नेकपा माओवादीलाई समेत चुनौती दिने विप्लव समूहले शुरू गरेको हिंसात्मक आन्दोलनले विगतमा माओवादी विद्रोहीले पाएको सफलता पाउने आधार आज देखिँदैन ।त्यसैले यो देशमा अब यस्ता युद्ध संभव छैन र आवश्यक पनि छैन तर सरकारले बिप्लवको कुरा पनि सुनेर संबोधन गर्नुको पनि बिकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here