निजगढ, १० भदौँ– कुखुरापालक किसानहरुको मंगलबार भएको भेलाले बेनीबहादुर मोक्तानको अध्यक्षतामा ११ सदस्यीय निजगढ नगरपालिकाका कुखुरा उत्पादक एंव बजार व्यवस्थापन किसान संघ गठन गरेको छ ।

 

नवगठित संघको उपाध्यक्षमा कुमार आचार्य, सहासचिव भिमबहादुर रुम्बा, सचिव विनोद राउत,कोषाध्यक्ष सुर्यबहादुर फयल र सदस्यहरुमा दिपक रुम्बा, तिलक जिम्बा, जिवन योञ्जन, शम्भुप्रसाद न्यौपाने र जगलाल साह रहनुभएको छ ।

भेलाले कोरोना भाइरस महामारी जारी रहेको अवस्थासम्म निजगढ नगरपालिकामा बाहिरबाट हुने कुखुरा आयतमा रोक लगाउने र निजगढमा उत्पादित कुखुराको बजार प्रवद्धिकरण र किसानको हकहितमा काम गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी भेलाले संघलाई जिल्ला प्रशासन कार्यालय बारामा दर्ता गर्ने निर्णय समेत गरेको अध्यक्ष बेनीबहादुर मोक्रानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here