पुष्पराज खतिवडा
मनहर्वा,ब्रम्हकुमारी राजयोग सेवा केन्द्र कलैयाकी मुख्य संचालिका मीना दिदीले मानिस विचार, दृष्टि, वचन र कर्मको सुद्धकीरण हुन जरुरी रहेको बताउनुभएको छ । सोमबार विहान ब्रम्हकुमारी पाठशाला बडहर्वाले स्थानीय जनप्रतिनिधिहरुलाई सम्मान गर्ने विशेष कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि ब्रम्हकुमारी राजयोगिनी मीनाले मावन जीवनलाई सत्मार्गमा डो¥र्याउन र सत्वीचारको राज गराउन राजयोग शिक्षाले महत्वपुर्ण योगदान गर्ने बताउनु भयो ।
उहाँले कर्मको फल सात जुनीसम्ममा प्राप्त हुने भन्दै सत्कर्मको लागि संस्कारको जग बलियो बनाउनु पर्ने धारण व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय बालबालिका कुलतमा फस्ने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । ब्रम्हकुमारी योगिनी मीनाले धुम्रपान, मद्यपान र नसापानले समाज धमिलो हुने भय बढेकाले सबै मिलेर यसको नियन्त्रणको लागि समयमै ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।
ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र कलैयाको उपशाखा (पाठशाला) बडहर्वाले कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका– १८ का जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्ले, सदस्यहरु लक्ष्मी वाइवा, अमृत आले मगर, ईन्धीर चौधरी र अदरी देवी चमईनलाई ब्रम्हकुमारी मीनाले फुलमाला सहित मायाको चिनो दिएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय तोयानाथ पाठक, श्यामचन्द्र प्रसाई, मेनुका खतिवडा, फुलकुमारी बस्नेत, राजेश भण्डारी, उर्मिला भण्डारी लगायत २ दर्जन अगुवाहरुको सहभागिता थियो । ब्रम्हकुमारी मीराको अध्यक्षतामा भएको सो कार्यक्रममा विके पाठशाला बडहर्वाका संचालक गणेशबिक्रम थापाले स्वागत र योगिनी निर्मलाले कार्यक्रमको संचालन गर्नुभएको थियो ।